रवि लामिछानेलाई भेटेर आएपछि नायिकाहरु यसरी सम्हाल्नै नसक्ने गरी रोए (भिडियो)

काठमाडौैं । अहिले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले चितवन लगायतका जिल्लाहरु निकै तातेको छ । सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा देशका बिभिन्न स्थानबाट लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् ।

यस्तै सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा नेपाली चलचित्र क्षेत्रका नायिकाहरु सडकमा उत्रिएका छन् ।

आइतबार नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरे सुन्तलीलगायतका कलाकारहरु चितवनको सडकमा पुगेर रविको पक्षमा आवाज उठाएका थिए ।

यस्तै नायिका श्वेता खड्का, दीपाश्री निरौला, कुञ्जना घिमिरेले रवि लामिछानेलाई भेटेपछी आँखाभरि आँशु बनाएका छन् ।

उनीहरुले क्यानडा नेपालका सँबाददाता मदन रिजालसँग कुरा गर्दै आफुहरुलाई निकै दुख लागेको बताएका छन् । गएको साउन २० गते भएको पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा छानबिनका लागि भन्दै प्रहरीले गएको साउन ३० गते काठमाडौंबाट रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०५:५५