रवि आज छुट्ने संभावना कति ?

चितवन /माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको सर्मथकको दबाब थेग्न नसकेकै कारण जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

आज बिहान ६ बजदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म निषेधाज्ञा जारी गरेको छ ।

त्यस्तै प्रशासनले उत्तरमा बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक ।

नारायणी मावि चोककृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म र दक्षिणमा बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म निषेधाज्ञा जारी गरेको छ ।

रविका सर्मथकहरुले देशब्यापी रुपमा नै आन्दोलन र प्रर्दशन सुरु गरेपछि चितवनमा प्रर्दशनकारीको ठूलो संख्या र प्रर्दशनका कारण अभियुक्तहरुलाई अदालत पुर्याउने हम्मे हम्मे लगायतका अप्ठ्याराहरुका कारण प्रशासनले यस्तो कदम चालेको हो ।

प्रशासनले हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको जनाएको छ । प्रशासनले निषेधाज्ञा जारी गरिरहँदा पनि चितवनमा प्रर्दशन भने रोकिएको छैन ।

यसैबिच बयान नसकिएका कारण रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइदैछ । आज बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०६:०७