भिडियो कन्फ्रेन्सबाट पहिलोपल्ट बस्यो मन्त्रिपरिषद् बैठक

काठमाडौं / आज पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् । उनले केही तस्वीरसमेत राखेर लेखेका छन् ‘ सिंगापुरदेखि काठमाडौं: पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०९:१२