रबिका समर्थकद्धारा सवारि साधन तोडफोड सहित आगजनी

आ त्म ह त्या दुरुत्साहनको मुद्धा खेपिरेहका सञ्चारकर्मी रबि लामिछानेका समर्थकले भरतपुरमा आजपनि प्रदर्शन गरेका छन् ।प्रदर्शनका क्रममा बाईपासरोडमा ना ४ ख ४३२५ र ना ६ ख ४२७१ नम्वरको ट्रक तोड फोड सहित आगोजनि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।त्यसै गरी ना १ ज ७०६९ नम्वरको म्याजिक तोड फोड गरी आगोलगाएको छ ।

मालपोत चोकदेखि चौविसकोठी , दुरसञ्चार रोड ,अस्पताल रोड सहित जिल्ला प्रहरी कार्यालय र अदालत आसपासमा निषेधाज्ञा जारी भए पछि आज चौबिसकोठीवाट हाकिमचोक हुदै बाईपास रोडसम्म प्रदर्शनकारी आएका थिए । बाईपासरोडमा प्रहरीले अश्रुग्यास सहित लाठी प्रहार गरेर प्रहरीले तितरबितर पारेको थियो ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार ०९:३७