रवि लामिछाने यसरी निकालिए अदालत बाट, चितवनमा ओर्लियो जनसागर

चितवन जिल्ला अदालतको आदेशपछि सञ्चारकर्मी रवि लामिछानेसहित तीनजना सोमबार रिहा भएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनसम्बन्धमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अदालतको आदेशपछि धरौटी बुझाएर रिहा भएका हुन् । चितवन अदालतमा भएको थुनछेक बहसपछि सोमबार साँझ रवि लामिछानेलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र कार्कीलाई साधारण तारेखमा रिहा गरिएको हो ।

रिहाई भए संगै समर्थकहरु खुसियाली साथ सडकमा रविको लागि ओर्लिएका छन् । चितवनको सडकमा जनसागर ओर्लिएका छन् भने रविले चौबिस कोठीमा सम्बोधन गर्ने पनि योजना छ । साथै रवि लामिछानेले आज फेसबुक लाइभमा मार्फत शुभचिन्तकलाई धन्यवाद पनि दिने भन्ने समाचार आएको छ ।

जिल्ला अदालत चितवनमा दुवै पक्षका अधिवक्ताहरुले बहस सकेपछि न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार साँझ रविसँग ५ लाख, युवराजसँग ३ लाख धरौटी माग गरेको थियो भने अर्की अभियुक्त अस्मितालाई भने साधारण तारेखमा रिहा गरेको हो । अदालतको आदेशअनुसार रवि र कँडेल धरौटी बुझाएर रिहा भएका हुन् । साथै रवि र युवराजलाई सो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न र विदेश जान रोक लगाइएको छ । यद्यपी अनुमति लिएर भने उनीहरु विदेश जान सक्नेछन् ।

Loading...
प्रकाशित मिति ९ भाद्र २०७६, सोमबार १५:११