बझाङ / केदारस्यु गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर वडा नम्बर ८ का बेलु जोशीको मृत्यु भएको हो ।
४० वर्षीय जोशीलाई घरमा सुतिरहेको बेला सोमबार बिहान झिसमिसेमै पहिरोले पुरेको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा अन्य २ जना घाइते भएका छन् । उनीहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र झोतामा उपचार भइरहेको छ ।
Loading...