दुखी पीडित जनताका विषयमा बोल्न झनै तागत आएको छ” – रवि लामिछाने

काठमाडौं / चितवनमा चर्चित संचारकर्मी रवि लामिछाने र युवराज कँडेलले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा कुरा गर्दै रवि लामिछाने र युवराज कँडेलले प्रहरीकाे नियन्त्रणमा रहेको समयमा शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

अब काठमाण्डौ फर्केपछि जनताको विषयमा कुरा उठाउने काममा कुनै कमी नहुने दुवै सञ्चारकर्मीले प्रतिबद्धता जनाएका थिए । सिधाकुरा जनतासँग कार्यक्रमका सञ्चालक लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गरे ।

हिजो चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको थियो । पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो।

उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्। लामिछानेलगायत अभियुक्तविरुद्धको मुद्दा पूर्वाग्रहपूर्ण र प्रतिशोधका आधारमा दर्ता भएको दाबी गर्दै २३ कानुन व्यवसायीले दिनभर बहस गरेका थिए।

रविसहित तीनैजनालाई चितवन प्रहरी र काठमाडौं प्रहरीको संयुक्त टोलीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो। रवि र युवराज बिहीबार साँझ पानीपोखरीस्थित न्युज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको थियो। लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन्।

तस्बिर / कुशल राई

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार ०४:५४