धन्यवाद सभामा रवि लामिछानेले के के भने ..

भरतपुर / सञ्चारकर्मी रवि लामिछानेले आफ्नो न्यायका लागि देश र विदेशबाट पहिल गर्ने सबै शुभेच्छुक र समर्थकहरूलाई विशेष धन्यावाद दिएका छन् ।

चितवनको भरतपुरस्थित नारायणी नदीको किनारमा मंगलबार आयोजित विशेष धन्यावाद कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो न्यायाका लागि पहल गर्ने सबैलाई सम्झिएका हुन् । लामिछानेले आफ्नो आफ्ना समर्थकहरूको शिर कहिल्यै पनि ननिहुरिने दिने प्रतिवद्धता जनाएका छन् । उनले आजीवन आवाज विहीनहरूको आवाजलाई उठाइ रहने जनाएका छन् ।

‘तपाईहरू न्यायको पक्षमा उभिनु भएको थियो । ७७ वटै जिल्लाबाट न्यायका लागि यहाँ आउनुभएको छ’, उनले भने, ‘मेरो न्यायका लागि विदेशबाट पनि आवाज उठाउनु भएकालाई पनि सम्झिन चाहन्छु ।’

‘गल्ली, चौक, सडकबाट मेरा लागि आवाज उठाउनु भएको छ । यो देशमा राजनीतिक एजेण्डा मात्रै चल्छ भन्ने थियो’, लामिछानेले भावुक हुँदै भने, ‘तपाईहरूले यो कुरालाई गलत सावित गरिदिनुभएको छ ।’

‘राजनीतिज्ञका कारण समाजमा भएको बेथितिका विरुद्ध तपाईहरूले यति बुलन्द आवाज बनाइदिनुभएको छ । हामीले केही ठूलो काम गरेका छैनौँ’, उनले भने, ‘तपाईहरूले हाम्रो काँधमा राख्नुभएको जिम्मेवारीलाई कहिल्यै हार्ने छैनौँ । देश विदेशका साथीहरूलाई कहिल्यै भुल्ने छैनौँ ।’

Loading...
प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार १०:४६