जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना , ३ जनाको मृत्यु

काठमाडौं / जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ । ना४ख ९३१७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृ त्यु भएको छ । ७ जना घा,इते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान ३ बजे हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा बस दुर्घटना भएको हो । दुर्घटनाका घाइ,तेको उद्धार कार्य भइरहेको बताइएको छ ।

– फाइल फोटो

अन्य समाचार

नेपाल टेलिकमले प्रतिएमबी तीन पैसामा इन्टरनेट सेवा उपलब्ध गर्दै

नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ। दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो।

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ। यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना ल्याएको छ। यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ। सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ।

यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ। यस छुट योजनामा प्रति एमबी करसहित ४ दशमलव ५० पैसा लाग्दछ।  यसैगरी कम्पनीले सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ। यो सेवा सुरु गर्न 7D7G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ। यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रति एमबी करसहित ३ दशमलव ५ पैसा मात्र लाग्दछ।

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ। यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति 28D28G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ। यो सेवा दैनिक १ जीबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ।

Loading...
प्रकाशित मिति ११ भाद्र २०७६, बुधबार ०२:२४