बिहिवारको दिन यसो गर्नुहोस्, हरेक काममा सफलता मिल्नेछ

बिहीबार बृहस्पति को दिन हो। यो धेरै शुभ दिनको रुपमा चिनिने गर्दछ।  यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ।

यसदिन मूल्यवान धातु, लगानी,  वालवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ। त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरूगर्न राम्रो हुने गर्दछ।  साथै बिहिवारको दिनलाई देवी लक्ष्मी को दिन पनि भनेर चिनिन्छ र यसदिन लाई देवराज इन्द्रले शाशन गर्ने गर्दछन। हिन्दु ज्योतिषशास्त्रमा यसदिन मांसाहारी खाना, मदिराको सेवन गर्न नहुने र दक्षिण दिशातर्फ यात्रा गर्न अशुभ मानिन्छ।

त्यसैगरी, बिहीबारको दिनलाई शुभ बनाउन पहेंलो वा फिक्का सेतो लुगा लगाउनु उत्तम हुने मान्याता छ। यदि पहेलो वा फिक्का सेतो रंगको कपडा नभएको खण्डमा आफ्नो घर वा कार्यालयमा पहेंलो वा  फिक्का सेतो फूल राख्दा पनि शुभ मानिने गर्छ।

यसबाहेक बिहिवारको दिन राम्रो भाग्यलाई आकर्षित गर्न घर छोड्नु अघि खानामा पहेलो राय प्रयोग गर्नु अत्याधिक शुभ मानिन्छ साथै यसदिन रहरको दाल, मेवा र खाना वा भातसंग घ्यूको प्रयोग गर्दा राम्रो परिणाम ल्याउन सक्ने ठुलो बिश्वास छ ।

Loading...
प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार ०२:१९