रविकी पूर्व पत्नी इशाको लेख…

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा चितवन जिल्ला अदालतबाट पाँच लाख धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेप्रति लक्षित गरी पूर्व पत्नी ईशा लामिछानेले व्यंग्य गरेकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटसमा लेखेकी छिन्–

‘मान्छेको चपाउने दाँत छुट्टै र देखाउने दाँत छुट्टै हुन्छ भन्थे हो रहिछ ।

रविले आफ्नो समर्थनमा जुटेकाहरुलाई जेलबाट छुटेपछि फूलमाला र अविर लगाएर नारायणी नदी किनारामा ‘धन्यवाद सभा’ दिए । तर, पूर्व पत्नी ईशाले भने उल्टै व्यङ्ग्य गरिन् ।

सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरेका थिए । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी नै चलेको थियो ।

 

हाल ईशा दुई छोरीसहित अमेरिकामा बस्दै आएकी छिन् ।

Loading...
प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार ०४:२४