जापानमा नेपाली विद्यार्थीको मृत्यु

काठमाडौ / जापानमा एक नेपाली विद्यार्थीको निधन भएको छ । अध्ययनका लागि जापान गएका बर्दिया मगरागडीका २९ वर्षीय रामहरी घिमिरेको कानागावा केनमा उपचारको क्रममा मंगलबार राती निधन भएको बताइएको छ ।

अकस्मात् पेट दुखाईको समस्या आएपछि अस्पताल भर्ना भएका घिमिरेको चुरिन्काई अस्पताल कानागावामा निधन भएको हो ।

मृत्युको को कारण यकिन भइनसकेको बताइएको छ ।मृतक घिमिरेको परिवारजनको सल्लाहमा शव नेपाल पठाइने तयारी भएको छ।

यसको लागि आवश्यक रकम संकलनको काम भईरहेको जनाइएको छ । उनको निधन पछि परिवार शोकमा रहेको छ ।

Loading...
प्रकाशित मिति १२ भाद्र २०७६, बिहीबार ०८:१३