बुबाको मुख हेर्ने दिन तपाईंलाई काम लाग्न सक्छन यी ३५ महत्त्वपूर्ण कुरा

काठमाडौं । बुवा सबैका आर्दशका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ । नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।

१. सबैले भन्छन् म आमा जस्ति देखिन्छु रे, साँचो हो, तर म त हुँ बाबाकी प्यारी छोरी ।

२. चाहे जति अलार्म लगाओ, बिहान उठ्न बुवाकै आवाज काफी हुन्छ ।

३. हरेक अपराध र गल्तिलाई माफ गर्ने मात्र एक ब्यक्ति हुन्छ, बुवा ।

४. म यहासम्म पुग्नुमा हरदिन मेरो बुवाको मेहनत छ ।

५. मेरो हिम्मत र मेरो कमजोरी दुबै हजुर नै हो बुवा ।

६. जसको रिसमा स्नेह र गालीमा आफ्नोपन हुन्छ, उहालाई नै बुवा भनिन्छ ।

७. एक हस्ती जो मान हो मेरो, मेरो बुवा पहिचान हो मेरो ।

८. पिता बन्नु पिता हुनु भन्दा सजिलो छ ।

९. तपाईको ओठमा हासो कमाएको दिन म धनि हुनेछु, बुवा ।

१०. हरेक छोरी हुनेवाला पतिमा आफ्नो बुवाको स्वभाव खोज्छिन्, थाहा छ किन ? किनकी गाली गरेपछि पनि बुवा छोरीलाई हसाउँन जान्दछन् ।

११. मेरो जन्मदाता, मेरो संरक्षक र मेरो सच्चा सर्मथक मेरो बुवालाई धेरै धेरै शुभकामना ।

१२. हरेक सफल छोरीका पछाडि एक पिताको हात हुन्छ ।

१३. दुखी हुदा बुवाहरु रुदैनन्, त्यसैले बुवाहरु हर्टअट्याकले बित्ने गर्दछन् ।

१४. बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् ।

१५. पिता बाहेक अरु कसैले तपाई उ भन्दा सफल हुनुहोस् भने चाहँदैन ।

१६. म तपाईको नामबाट मात्र पुर्ण छु, बुवा । यो नै मेरो शान हो ।

१७. तपाईको कठोरता भित्रको वास्तविकता बुझ्न सकिन, सरी बुवा ।

१८. सायद तपाई भएको भए, यो बेला म संसारको धनि मानिस हुने थिए । बुवा ।

१९. बाल्यकालमा मलाई बुवाभन्दा साँझ प्यारो लाग्थ्यो, बुवा खेलौना ल्याउनुहुन्थ्यो अनि साँझ मेरो बुवालाई घर फर्काउथ्यो ।

२०. विश्वका सबैभन्दा धनी मानिस पनि आमाबुवा बिना, गरीब हुने गर्दछ ।

२१. हर सफल मानिसको पहिचान पनि उसको पिताबाट बनेको हुन्छ ।

२२. सपना मेरा थिए, तर पुरा बुवाले गर्नुभयो, बाटो म हिड्दथे तर बाटो बुवाले देखाउनु भयो ।

२३. बुवा मेरो त्यो घमन्ड हो जो कसैले तोड्न सक्दैन ।

२४. इच्छा त बुवाको कमाइले पुरा गरिन्थ्यो, आफ्नो कमाइले त गुजारा मात्र हुन्छ ।

२५. मेरो साहस, मेरो इज्जत, मेरो सम्मान हो, बुवा ।

२६. मेरो शक्ति, मेरो पुँजी, मेरो पहिचान हो बुवा ।

२७. जिन्दगी जिउनुको मजा त, तपाईसँग सिक्का मागेर खर्चिनुमा हुन्थ्यो । आफ्नो कमाई त आवश्यकता टाल्दा टाल्दै सकिन्छ ।

२८. म त्यो दिनको पर्खाईमा छु, जुन दिन म तपाई जस्तो बन्न सक्छु, बुवा ।

२९. बुवालाई म के उपहार दिऊ, जन्मदाता उपहार दिने हैसियत मसँग छैन ।

३०. तपाईको रीस देखेर म सानोमा डराउथे बुवा, सायद मैले बुझिन त्यो तपाईको प्रेम थियो ।

३१. एक बुवा सय सन्तानका पालनहार बन्न सक्छन्, तर सय सन्तान एक पिताको पालनकर्ता बन्न सक्दैनन् ।

३२. जब बुवा सन्तानलाई केहि दिन्छन्, तब दुबै हाँस्दछन् । तर जब सन्तान बुवालाई केहि दिन्छन्, तब दुबै रुन्छन् ।

३३. घरबाट माइती फर्कदा छोरी हासेको हेर्ने हरेक बुवाको इच्छा हुने गर्दछ ।

३४. एक पितालाई उमेर ढल्कदै गएपछि सन्तान झै प्यारो अरु कोहि हुदैन ।

३५. थाकेको शरीर बोकेर पनि काममा जाने मेरो बुवालाई हार्दिक नमन ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार ०१:३१