चलचित्र ‘छ माया छपक्कै’को गीत सार्वजनिक ( भिडियो सहित)

काठमाडौं /चलचित्र ‘छ माया छपक्कै’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश गरिएको ‘जुनको जुनेली’ बोलको गित सार्वजनिक भएको छ ।

गीतमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, बुद्धि तामांग, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीतमा बसन्त थापा र मिना निरौलाको स्वर रहेको छ । गीतमा शब्द राजेन्द्र थापाको रहेको छ भने संगीत बसन्त थापाकै रहेको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ । चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् ।

भिडियो :

दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रलाई दीपकराज गिरीले लेखेका हुन् । चलचित्र ‘छ माया छपक्कै’ असोज २४ बाट नेपाली भर प्रदर्शन हुने छ ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार ०२:५७