गगन थापालाई उनकी छोरीले भनिन्– ‘बाबा त बुबा जस्तै देखिन थाल्नु भयो’

काठमाडौं / शुक्रबार कुशे औँशी अर्थात बुवाको मुख हेर्न दिन । यस दिन जीवित बुवाहरुलाई आफ्नो क्षमताअनुसार खानेकुरा र कपडा दिने चलन छ भने दिवंगत बुवाहरुलाई तर्पण दिने गरिन्छ । यसै क्रममा कांग्रेस युवा नेता गगन थापाले पनि आफ्नो बुवासहित मुलुकभरका बुवाप्रति नमन व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बुवासँग बसेर खिचेको तस्विर राखेर उनले सबै बुवाहरुलाई सम्झेका हुन् । सोही क्रममा उनले आफूलाई छोरीले बुवा (छोरीको हजुर बुवा र गगनका बुवा)जस्तै देखिन थालेको बताएकी जानकारी दिए ।

गगनले ट्वीटरमा लेखेका छन्,

छोरीले बिहानै भनिन्स “बाबा त बुबा जस्तै देखिन थाल्नु भयो। गाब्रिएल मार्केजको भनाइ सम्झेंस् “यहि तिमी बा जस्तो देखिन थाल्यौ भने बूढो हुँदै गयौ भन्ने बुझे हुन्छ।“ मलाई बूढो हुँदै गएको चिन्ता भन्दा बढि बा जस्तो देखिएकोमा खुशी लागेको छ। सबै बा हरुलाई नमन पितृलाई श्रद्धा ।

Loading...
प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार ०७:५०