नाडा अटाे साे मा ७३ लाख पर्ने बाइक  भिडियो हेर्नुस् !

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०१९’ मा करिव ७३ लाख रुपैयाँ पर्ने बाइक राखिएको छ । एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको हो । एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।

बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ भने इन्धन ट्यांकी १७ लिटरको छ । भेलोसिटी प्रालिले यो बाइक नेपालमा भित्र्याएको हो ।

थप भिडियोमाः

Loading...
प्रकाशित मिति १४ भाद्र २०७६, शनिबार १३:४५