रास्कोट नगरपालिकाले किन्यो एम्बुलेन्स

भदौ / जिल्लाको रास्कोट नगरपालिकाले एम्बुलेन्स खरीद गरेको छ । नगरवासीको सेवासुविधाका लागि एम्बुलेन्स खरीद गरिएको हो ।

एम्बुलेन्स नहुँदा बिरामीलाई स्टेचर, डोको र पिठ्युमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको थियो । ‘नगरवासीको सेवासुविधालाई ध्यान दिएर एम्बुलेन्स किनिएको हो”, नगरपालिका प्रमुख काशीचन्द्र बरालले भन्नुभयो ।

“विगतमा जिल्ला अस्पतालसम्म बिरामी बोक्न दुई दिन लाग्थ्यो”, उहाँले भन्नुभयो, “अब सडक पुगेको छ, एम्बुलेन्सबाट बिरामी बोक्न सहज हुनेछ ।

यसभन्दा अघि जिल्लाका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले समेत एम्बुलेन्स खरीद गरिसकेका छन् ।

Loading...
प्रकाशित मिति १४ भाद्र २०७६, शनिबार १६:१०