नेपालगन्ज बाँकेमा प्रहरीले गोली चलायो, १ जना घाइते

काठमाडौं / प्रहरीले बाँकेमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । डाँका चोरी मुद्दाका फरार प्रतिवादी नरेन्द्र न्यौपानेलाई प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकाको राँझाचोक नजिकै गोली प्रहार गरेर पक्राउ गरेको हो ।

भारतबाट नेपाल आइरहेको सूचनाको आधारमा बर्दियाको बाँसगढी पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई पक्राउ गरी ल्याउँदै थियो ।

राँझाचोक नजिक आइपुगेपछि न्यौपाने प्रहरीले चलाएको मोटरसाइकलबाट हाम फालेर भागेपछि गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए ।

अन्य खबर

स्याङ्जा । चापाकोट नगरपालिकाकी किशोरी १० दिनदेखि स’म्पर्कवि’हीन भएकी छन् । वडा नम्बर ९ की १८ वर्षीया रेजिना डोटेल भदौ ७ गतेदेखि स’म्पर्कवि’हीन भएकी हुन् । रेजिना काठमाडौंको बसुन्धारामा बस्दै आएकी थिइन ।

उनी १० दिनदेखि पारिवारीक सम्पर्कमा नरहेको आमा सरस्वती डोटेलले बताउनुभयो । परिवारका अनुसार उनी भदौ ७ गते पुल्चोक इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको तयारी कक्षा लिन बसुन्धारास्थित कोठाबाट निस्किएकी थिइन । ‘त्यसपछि अहिलेसम्म केही अत्तोपत्तो लागेको छैन’आमाले भन्नुभयो, ‘यतिका दिन भयो जताततै खोजिरहेका छौँ र पनि यताउता कतै अत्तोपत्तो छैन, छिटोभन्दा छिटो छोरीको अत्तोपत्तो लाउन पाए हुन्थ्यो ।’

काठमाडौँबाट हराइरहेकी रेजिनाको पोखरा बागमारास्थित सेतीनदी किनार मझौरेघाटमा उनको कागजातसहितको झोला आइतबार फेला परेको बे’प’ त्ता किशोरीका मामा दिवस भण्डारीले बताउनुभयो । दिवसले भन्नुभयो, ‘झोला तथा कागजात नदी किनारमा फेला परेकाले झोला भेटिएको स्थानदेखि तलतिरका ठाउँमा प्रहरी, स्थानीयवासी, परिवारजन तथा आफन्तले निरन्तर खोजी रहेका छन् ।’

Loading...
प्रकाशित मिति १६ भाद्र २०७६, सोमबार ११:५०