सेती नदीको चट्टानमा फसेका गाईको यसरी गरियो उद्धार

काठमाडौँ / सेती नदीको चट्टानमा फसेका ३ वटा गाईको उद्धार गरिएको छ ।डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४, पिपल्ला नजिकै रहेको सेती नदीको चट्टानमा फसेका गाइको उद्धार गरी नगरपालिकाको जिम्मा लगाइएको बताइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा मंगलबार उद्धार गरी सुरक्षित ठाउँमा निकालिएको हो ।

उद्धार गरिएका गाईलाई संरक्षणका लागि दिपायल सिलगढी नगरपालिकाको जिम्मा दिइएको छ । सडकमा छोडिएका गाईहरु जानीजानी भिरमा कसैले धकलिएको अनुमान गरिएको छ ।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दूधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको बताइएको छ ।

Loading...
प्रकाशित मिति १७ भाद्र २०७६, मंगलवार १४:१४