नेपाल आइडल सिजन ३ को लागि अडिसन सुरु हुँदै

काठमाडौं / नेपालको पहिलो फ्रेन्चाइज शो नेपाल आइडल सिजन ३ को अडिसन यहि भदौ महिनाको ३१ गतेबाट सुरु हुने भएको छ ।

पहिलो सिजनबाटै सर्वाधिक लोकप्रिय बनेको रियालिटी शो नेपाल आइडलले दुई जना होनहार प्रतिभालाई बिजेता बनाइसकेको छ, पहिलो सिजनमा पोखराको बुद्ध लामा बिजेता बनेका थिए भने, दोस्रो सिजनमा रवि ओड बिजेता भएका थिए ।

नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा निर्णायक जज गायक तथा संगीतकार न्ह्यु बज्राचार्य , काली प्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी गरेका हुन् भने सिजन ३ मा पनि जजहरु नफेरिने छाटकाट देखिन्छ । किनकि अहिलेसम्म आयोजक टिमबाट आधिकारिक जानकारी बाहिरिएको छैन ।

कहिले र कहाँ हुँदैछ अडिसन

•भदौ ३१ गते पोखरा

• असोज ३ गते बुटवल

•असोज ६ गते नेपालगन्ज

•असोज १० गते बिरगंज

•असोज १४ गते बिर्तामोड

Loading...
प्रकाशित मिति १८ भाद्र २०७६, बुधबार ०१:३५