ठूलो दुर्घटना बाट बच्यो सोलुखुम्बुबाट उडेको सीता एयर विमान

सोलुखुम्बु – लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको विमानको इन्जिन तीन मिनेटमै फेल भएको छ।

लुक्लाबाट बिहान ८ः२१ मा उडेको ’नाइनएन एजेएच’ नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ।

विमानको एउटा इन्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गराइएको हो। सो विमानमा चालक दलका ३ जना सदस्य मात्रै सवार थिए।

अन्य समाचार

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका–३, दिमिकमा जीप दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप गल्याङ बजारनजिकै बुटवल पावर कम्पनीको उकालो सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ ।

दुर्घटनामा परि मृ त्यु भएका अन्दाजी साढे २ वर्षीय बालकको सनाखत हुन बाँकी छ । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि पाल्पाको तानसेन पठाइएका घाइतेमध्ये १२ महिला र ८ जना पुरुष रहेका छन् । तिज मनाएर फर्किएका महिलाहरु दुर्घटनामा परेको बताइएको छ ।

Loading...
प्रकाशित मिति १८ भाद्र २०७६, बुधबार १२:३१