काठमाडौं / चर्चित मोडल विमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेको ‘कल्ले बोलायो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुकदेब अधिकारी र मेलिना राईको आवाज रहेको छ ।
रुद्र जि.एम.को शब्द संगीत रहेको गीतको एरेन्ज केशव बडुको रहेको छ । काजिश श्रेष्ठले निर्देशन गरेको गीतको छायाँकन अजय रेग्मीले गरेका छन् भने सम्पादन दिपक विष्टको रहेको छ ।
गीतको भिडियो भावना म्युजिक सोलुशन प्रा.लि.को अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
(भिडियो हेर्नुहोस्)