मनकामनाको केवलकार सेवा ५ दिन बन्द हुने

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले ५ दिनका लागि मनकामनाको केवलकार सेवा बन्द हुने जानकारी दिएको छ । बिहीबार सार्वजनिक सूचना निकालेर प्रा.लि.ले ५ दिन केवलकार बन्द हुने जानकारी दिएको हो ।

सार्वजनिक सूचनाकाअनुसार यही भदौ २२ गतेदेखि २६ गतेसम्म केवलकार बन्द हुने छ । मर्मतका लागि बन्द गरिएको केवलकारको सेवा भदौ २७ गतेदेखि भने नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

Loading...
प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार ०६:१४