भोली सार्वजनिक विदा

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो नगरभित्र शुक्रबार सार्वजनिक विदा दिएको छ ।

यही भदौ महिनाको १९, २० र २१ गते हुने कागेश्वरी महामेलाको शुक्रबार परेको कागे अष्टमीको दिन कागेश्वरी मनोहरा नगरपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको सो नगरपालिकाले जनाएको छ ।

नगरपालिकामको वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी ( भाद्र शुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ ।

कागेश्वरीको प्रर्वद्धनको लागि मेला आयोजना गरिएको कागेश्वरी मनोहरा नगरपालिकाले जनाएको छ ।

Loading...
प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार १३:१९