सिधा कुरा जनतासँग कार्यक्रममा रामकृष्ण ढकाल

काठमाडौं / ललितपुर पुलचोकमा रहेको लालीगुँरास बहुउदेश्यीय सहकारी संस्थाले आफूले गरेको मूल्याङकन भन्दा लाखौं कम मूल्याकन गरेर ऋणीहरुको सम्पत्ति हडप्ने गरेको आरोप लागेको छ ।

पछिल्लो समय गायक रामकृष्ण ढकाल लगायत केही व्यक्तिहरुले ऋण नतिरेको भन्दै राष्ट्रिय दैनिकहरुमा सूचना जारी भएपछि सहकारीले गैरकानूनी ढंगले ऋणको सम्पत्ति हडपेको तथा दुख दिएको खुलासा भएको हो ।

गायक ढकालले २०६६ सालमा सहकारीको १ करोड ८० लाख ऋणसहित लिलाममा रहेको घर लिएका रहेछन् ।

ढकालकी श्रीमती निलम ढकालको नाममा रहेको ऋणमा सहकारीको १७ प्रतिशत ब्याजदर र अन्य शुल्क गर्दा मासिक ३ लाख किस्ता तिर्दै आएका ढकालले २ बर्षमा ५० लाख ब्याज तिरेका थिए ।

Loading...
प्रकाशित मिति १९ भाद्र २०७६, बिहीबार १७:२७