दोलखामा खोलाले जीप बगाउँदा एकको मृत्यु

दोलखाको सुन्द्रावती खोलाले जीप बगाउँदा एक जनाको मृ त्यु भएको छ ।

वर्षाका कारण बढेको सुन्द्रावती खोला पार गर्ने क्रममा बा १९ च ४३९० नम्बरको जीपलाई बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका २४ वर्षीय अनिश पोखरेलको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सई सेते तामाङले जानकारी दिए ।

जीप बगाउँदा तामाकोसी गाउँपालिका–३, जफेका विकज पोखरेल र रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ का पवन पौडेल घाइते भएको तामाङले बताए। उनीहरुको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे सिंगटीबाट चरिकोट आउँदै गरेको जीपलाई खोलाले बगाएर करिब १० मिटर तल पुर्‍याएको थियो ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०२:३६