अब एटीएमबाट एक दिनमा ६० हजार मात्र निकाल्न पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट झिक्न मिल्ने रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले नेपाल र भारतबाट एटीएम ह्याक गरी सात वटा बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै पैसा निकालेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न मिल्ने रकमको सीमा बिहीबारबाट घटाएको हो ।

बैंकका अनुसार अब एक दिनमा साठी हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सय रुपैयाँ र बढीमा बीस हजार रुपैयाँ निकाल्नभन्दा धेरै पैसा एटीएमबाट झिक्न पाइनेछैन । यो सीमालाई बैंकहरुले घटाउन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा पच्चिस हजार रुपैयाँसम्म निकाल्न मिल्ने ब्यवस्था थियो । त्यस्तै विद्युतीय कार्डबाट भुक्तानी गर्दा अबदेखि कुनै पनि अतिरिक्त शुल्क लिन नपाइने भएको छ ।

राष्ट्रबैंकले प्वाइन्ट अफ सेल मेसिनमार्फत कारोबार गर्दा डिपार्टमेन्टल स्टोर, मार्ट, होटल, पसललगायतका मर्चेन्टहरुबाट भुक्तानी गर्दा पैसा नलिन सूचना जारी गरेको हो ।

कुनै मर्चेन्टले कारोबार रकमबाहेक अतिरिक्त शुल्क लिएमा कारोबारको बिल र भुक्तानी रसिदसहित कार्ड जारी गर्ने संस्थामा सम्पर्क राख्न पनि बैंकले अनुरोध गरेको छ ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०२:५६