मोटरसाइकल दुर्घटनामा परि कलाकार एल बि पुनको मृत्यु

काठमाडौं / काठमाडौको  त्रिपुरेश्वरमा सडक दुर्घटनामा परी कलाकार एल.बि. पुनको असामयिक निधन भएको छ ।

अर्घाखाँची घर भै हाल काठमाडौ बस्दै आएका पुन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय बानेश्वर-कोटेश्वर समितिको सह-सचिव समेत रहेका थिए।

उनको हिजो साझ त्रिपुरेश्वरमा मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएको हो ।

दुर्घटना पछि ट्रमा सेन्टर हस्पिटल पुर्‍याएका पुनको अल्पायुमै भएको दुखद् निधनले यतिबेला सांगीतिक क्षेत्र शोकमा डुवेको छ । उनी बिशेष लोकदोहोरी क्षेत्रमा आवद्ध थिए ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०३:४५