प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीया मुस्कानलाइ ए’सिड प्रहार

वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीलाई ए’सिड (ते’जाब) खन्याइ घाइते बनाइएको छ ।विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी मुस्कान खातुनमाथि दुई जनाको सङ्ख्यामा रहेका युवकले ते’जाब प्र’हार गरेका हुन् ।

ते’जाब प्र’हारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ । ते’जाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आफ्नो प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेपछि मियाले उनीमाथि ए सिड प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । खातुनको स्वास्थ्य अवस्था ग’म्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि ते जाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले ते जाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।

उहाँले युवतीमाथि ते जाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज–२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताउनुभयो । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् ।

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०५:११