विष्णु माझी र हेमन्त शर्माको गीतमा पुष्प र मरिष्का

काठमाडौं / नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज सकिएसँगै लोकदोहोरी गीतहरु सार्वजनिक गर्नेक्रम बढिरहेको बेला लोकप्रिय गायिका विष्णु माझी र गायक हेमन्त शर्माको आवाजमा नयाँ गीत बनमारा भर्खर मात्र सार्वजनिक भएको छ ।

लोकदोहोरीको लागी सो निकै कमै मात्र जुर्ने संयोग हो । आधुनिक गीत मार्फत लाखौं स्रोताको मनमा बस्न सफल हेमन्तले गायको यो गीतलाई सबै स्रोताले चाख मानेर हेर्ने कुरा निश्चित छ ।

धौलागिरीका कुशल सर्जक तथा बहुप्रतिभाका धनि यम थापा मगरले लय तथा शब्द सिर्जना गरेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतले माया प्रेमलाई निकै कुशल पुर्वक गीतमा माला बनाएको छ ।

म्युजिक भिडियो निर्देशकका बादशाह भनेर चिनिने शिव विकले उत्कृष्ट निर्देशन कला प्रस्तुत गरेको सो गीतमा मरिष्का पोख्रेल र पुष्प खड्का अभिनय रहेको छ । गीतलाई सार्थक डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

आउनुहोस गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस मन परे शेयर पनि गर्नुहोस

Loading...
प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार ०६:२४