सुरक्षाकर्मीको मन पनि कमलो हुन्छ : गैरे सुरेश

काठमान्डौ ११ असार , किन हजुर नबोलेको, यहाँ देशको छ चिन्ता, तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ, मर्ने कसैलाई रहर हुँदैनजस्ता चर्चामा आएका गीतका संगीतकार हुन्, गैरे सुरेश । उनको अर्र्को पाटो पनि छ, उनी सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । उनि भन्छन -एउटै मान्छेका फरक–फरक रुचि, फरक–फरक बाध्यता र फरक–फरक पेसा हुन्छन् । यत्ति भन्छु, मेरो पेसा राष्ट्रसेवा हो भने संगीत रुचिको विषय । एउटै मानिस पनि फरक–फरक रोलमा काम गरिरहेको हुन्छ । बुबासँग छोरा र श्रीमतीसँग श्रीमान्को रूपमा उसको भूमिका हुन्छ ।त्यस्तै, पेसामा मेरो फरक दायित्व हुन्छ । संगीत फरक प्यासन हो ।

आन्तरिक रूपमा मन त सबैको कमलो नै हुन्छ । साधारणतया, नौनी त कमलो नै हुन्छ नि ! त्यसैले, सुरक्षाकर्मीको मन कठोर हुन्छ भन्नु भ्रम मात्रै हो । बर्दी लगाइसकेपछि अब यतिबेरसम्म ड्युटीमा दृढ हुनुपर्छ भन्ने दृढता मात्र हो त्यो । हालैको कुरा कम्पोज सेटिङमा बस्दै गर्दा अनामनगरमा बम ब्लास्ट भएर दौडिएको छु । कम्पोजलाई पछि सारियो ।यस्तो त सामान्य हो ।भइरहन्छ ।संगीतले पेसालाई ओझेलमा पारेको छैन । तर,संगीतमा जति रुचि छ, सोअनुसारको समय दिन सकिरहेको छैन कि भन्ने लाग्छ। यद्यपि, दुवै बत्तीवला पेसा हुन् । एकले अर्कालाई उज्यालो छरिराखेका छन् । संगीतकार सर र डिएसपी सर दुवै नामले पुकारिन्छु ।

Loading...
प्रकाशित मिति ११ असार २०७६, बुधबार ०६:११