पाल्पामा जे.सी.बी दुर्घटना

  • सुमन कार्की

पाल्पा । पाल्पाको रम्भागाँउपालिका ५ ताँहु देउरालीमा जे सि बि दुर्घटना भएको छ । लु.१.क १६०७ नं.को डोजर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

विहान करिव ९ बजे तिर भएको दुर्घटनामा बाँके जिल्लाको २१ बर्षीय मधुसुदन डाँगी चालक र रुपन्देही तिलोच्चमा ९ बस्ने नारायण बुढाथोकी घाइते भएका हुन् ।

जे.सि.बि सडक बाट करिव १५ मिटर तल खसेको र चालकलाई केहि चोट देखिएको र सहचालकलाई भने सामान्य चोट देखिएकोले तानसेनको मिसन हस्पिटल लगेको स्थानLयले जानकारी गराएका छन् ।

दुर्घट्ना के कति कारणले भएको खुल्न बाकी र घटनाको अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यलय आर्यभञ्याङ पाल्पाले जनाएको छ ।

Loading...
प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०७:५८