ब्राजिल १२ वर्षपछि कोपा अमेरिकाको च्याम्पियन !

असार २३, काठमाडौं। घरेलु टोली ब्राजिल आफ्नो भूमिमा आयोजित कोपा अमेरिका फुटबलको च्याम्पियन बनेको छ ।

नेपाली समयअनुसार सोमबार बिहान भएको फाइनल खेलमा ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै उपाधि जितेको हो । यससँगै ब्राजिलले १२ वर्षपछि कोपा जितेको छ ।

खेलको पहिलो हाफमा घरेलु टोली ब्राजिलले २–१ को अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक देखिएको पहिला हाफमा ब्राजिलका लागि खेलको १५औं मिनेटमा एभर्टन स्वोरेजले निकै दर्शनीय गोल गरेका थिए ।

बक्सको तल्लो क्षेत्रबाट ग्याब्रिएल जेससले दिएको पामा अनमार्क रहेका एभर्टनले वान टचमै बललाई जाली चुमाएका थिए ।

त्यसपछि ४४औं मिनेटमा पेरूले पेनाल्टी पायो । बक्समा क्षेत्रमा थियागो सिल्भाले ह्यान्ड बल गरेपछि पााएको पेनाल्टीमा पेरूका लागि पाओलो गुरेरियाले कुनै गल्ती नगरील गोल गरेर खेल १–१ बनाए । तर, इन्जुरी समयमा जेससले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए ।

त्यसबाहेक ब्राजिलले पहिलो हाफमा तुलनात्मक रूपमा गोलका बढी अवसर बनायो । यता, पेरूले जम्मा ब्राजिलको पोस्टमा कुनै पनि प्रहार पोस्टको दिशामा राख्न सकेन ।

दोश्रो हाफमा ब्राजिलले थप एक गोल गर्न सफल भयो र उपाधि उचाल्यो । उसले यसअघि सन् २००७ मा यो प्रतियोगिता जितेको थियो ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार ०१:२६