बिरामी बोकेको एम्बुलेन्स पल्टिँदा एकजनाको मृत्यु

काठमाडौं । बिरामी सवार एम्बुलेन्स पल्टिँदा महोत्तरीमा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ महोत्तरीको बर्दिबास–३ मा बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा एम्बुलेन्समा सवार स्थानीय ५० वर्षे तारा बादी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले बताएका छन् ।

दुर्घटनामा बर्दिबासकै एम्बुलेन्स चालक ३२ वर्षे चित्रबहादुर बुढाथोकी, मृतकका छोरा १८ वर्षे उवेश बादी तथा २१ वर्षकी छोरी गंगा बादी घाइते भएका छन् ।

-फाइल तस्बिर 

Loading...
प्रकाशित मिति २२ भाद्र २०७६, आईतवार ०५:५८