पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मदिन नमनाउने

काठमाडौँ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन्।

आफन्तहरूको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ।

हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गरेका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित गरेको निर्मल निवास स्रोतले जानकारी दिएको छ।

आजको नेपाल समाचारपत्रले यो खबर छापेको छ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार ०१:४९