काठमाडौंमा बिजुली बस सरर, यस्ता छन् सुविधाहरू

काठमाडाैं, २३ भदाै / आज (सोमबार)देखि काठमाडौंमा बिजुलीबाट चल्ने बस गुड्दै छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याउने भएको हो ।

आज दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गदैँ हुनुहुन्छ ।

याे निजि क्षेत्रबाट पहिलाे पटक बिजुली बस गुड्ने भएको हो । याेभन्दा अघि बिजुलीबाट चल्ने बस सरकारी स्वामित्वको ट्रली बस थियो । अहिले ट्रली बस बन्द भएको एक दशकभन्दा बढी भइसकेको छ ।

वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंमा बिजुली बसले केही राहत मिल्ने सुन्दर यातायातकाे विश्वस छ । बस नेपालको सडक मैत्री रहेको दाबी समेत कम्पनीले गरेकाे छ ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा ४० जनाले बेसर यात्र गर्न सक्नेछन् भने ३० जनाले उभिए यात्रा गर्न मिल्ने बताइएको छ ।

त्यस्तै ३० सिटे बसमा ३० जनाले बसेर र २५ जनाले उभिएर यात्रा गर्न सक्ने सुन्दर यातातातले जनाएको छ ।

कम्पनीले विद्युतीय बसलाई ४० मिनेटमा चार्ज गर्न सकिने बताएको छ । सुन्दर यातायातले अघिल्लो हप्ता काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेशन पनि सञ्चालन ल्याइसेकेको छ ।

बसमा यात्रुको चाप नहुने भागमा आरक्षण सिट राखिएको छ । बसमा सीसी क्यामेराको, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधा पनि छ, यसले यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ ।

नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ ।

यस्तो छ रुट

सुन्दर यातायातका विद्युतीय बस पहिलो चरणमा ५ रुटमा गुड्ने छन् । पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।

तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् । चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन् ।

त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ ।

Loading...
प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार ०२:५१