दुर्गम क्षेत्र कर्णालीबाट श्रृङखलाको यात्रा….

काठमाडौँ : पुर्व मिस नेपाल शृंखला खतिवडाले यु ट्युब भ्लागिङ सुरु गरेकी छिन । कामको सिल सिलामा नेपाल कै दुर्गम र कम विकशित क्षेत्र भनेर चिनिने कर्णालीको अछाम जाने क्रममा उनले उक्त भ्लग तयार पारेकी हुन् । बिकशित देशहरुमा इन्टरनेटको विकास भएसंगै भ्लगीङ निक्कै चर्चित भए पनि नेपालमा भने खासै रुचाइएको छैन ।

केहिले यस प्रकारको भ्लगीङ गर्न सुरु गरेको भए पनि नेपालको लागी यो नया सुरुवात जस्तै हो ।मिस वोर्ल्डको लागि चिन गए पछि एकाएक चर्चित बनेकी शृंखला खतिवडा एक नेताकी छोरी पनि हुन्।

उनलाई नेताको छोरी भनेर कत्तिले गलत प्रतिक्रिया दिएपछि नि*रास भएको पनि शृंखला बताउछिन् । तर उनि आफैमा एक राम्रो नारी र जेहेन्दार विद्यार्थी पनि हुन् ।

मिस नेपाल बनेर जत्ति चर्चा बतुलिन त्यो भन्दा बढी उनि मिस वोर्ल्डको प्रतिष्पर्धा गर्न छिन् जादा चर्चित भइन। उनै चर्चित शृंखलाले युट्युबको दुनियामा पनि पाइला टेकेकी छिन्। हुनत यस अघि पनि मिस नेपालको समयमा उनले केहि भिडियोहरु आफ्नो यु ट्युब च्यानल ‘शृंखला खतिवडा’ मा अपलोड गर्ने गरेकै थिइन । तर भ्लग भने यो नै पहिलो हो । हेरौ उनको पहिलो भ्लग ।

Loading...
प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार १०:१२