‘मुन्द्रेको कमेडी क्लब’’ मा हरिवंश आचार्य र पत्नी रमिला आचार्य  (भिडियो सहित)

काठमाडौं / नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल आएका हुन् र शोको पहिलो भाग देखिनै युटुबमा राम्रो भ्यूज पाईरहेको छ ।

नेपाल टेलिभिजनबाट गत कार्तिक १९ गतेदेखि हरेक सोमबार राती ८:५० मा प्रशारण हुने यो कार्यक्रमले एक फरक कमेडी प्याकेज दर्शक माझ प्रस्तुत गर्ने गरेको छ । विश्व भरका विभिन्न टेलिभिजन च्यानलहरुमा निकै नै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक शोको फम्र्याटलाई पछ्याउँदै यो कार्यक्रमले नेपालीपन र मौलिक प्रस्तुति समावेश गर्ने गरिएको छ ।

संचालक जितुले भनेका थिए–‘हामीले अझै पनि सुधार गर्नुपर्ने कुरा धेरै छ । दर्शकलाई नयाँ खुराक पस्कन हामी तल्लिन छौ । दर्शकले दिनुभएको सुझावका आधारमा कार्यक्रम परिस्कृत हुनेछ ।’ भारतीय टेलिभिजनमा आउने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को ढाँचामा तयार पारिएको यो शोले दर्शकलाई मनोरञ्जन दिएको छ ।

तर, अझै पनि शोमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन् । उनले भनेजस्तै कार्यक्रम सुधारात्मक बन्दै गईरहेको छ । बृहत रुपमा मनपराऊदै गईएको ‘मुन्द्रेको कमेडी क्लब’को ४५ भाग मा ‘मुन्द्रेको कमेडी क्लब’मा परिवार सहित हास्य पितामह हरिवंश आचार्य –

हेर्नुहोस् भिडियो

Loading...
प्रकाशित मिति २३ भाद्र २०७६, सोमबार १६:४१