विदेशी मुद्राको भाउ बढ्यो, कुन देशको कति ? हेरौ..

काठमाडौं / आज  युके पाउण्ड स्ट्रलिङ र कतारी रियालसहित केही देशको मात्रै थोरै भाउ बढेको छ भने प्राय देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ ४४ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ तथा बिक्रिदर ३७८ रुपैयाँ ५७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ७ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०१:५०