आज सोमबार सच्चा मनले भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : मानसिकरुपमा धेरै सुख मिल्ने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सम्झनलायक यात्रा हुनेछ । शुभ समाचार सुनिएला । पठनपाठनमा उत्साहजनक प्रगति होला । सामाजिक कार्यमा सरिक भइएला । आर्थिक लेनदेनमा सजग रहनुहोलासाथै आज सम्पूर्ण आर्थिक कार्य पनि राम्रै रहन सक्ला । छलफलमा विवादबाट बच्न संयम रहनु पर्ला साथै आज तपाईको यात्रा गर्दा पनि संयमता अपनाउनु पर्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : सञ्चित धन खर्च हुने योग छ । लेनदेनमा विशेष सावधानी अपनाउनुहोला । बोलीको प्रभाव पर्नेछ । नयाँ साथी बन्ने योग छ । अगाडी बढ्न र योजना अनुसार काम गर्न सक्षम हुनुहुनेछ । अपूर्ण कार्यहरू सफलतापूर्वक पूरा हुनेछ । कार्यालयका सहकर्मीहरूले राम्रो सहयोग गर्नेछन् । तपाईको स्वास्थ्य आज शुभ हुनेछ

मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह) : खर्च रकम आज अलिकति उच्च हुन सक्ला । व्यापार व्यवसायमा प्रगति होला । इष्टमित्रसँग भेटघाट हुनेछ । पढाइप्रति भने खासै ध्यान जाँदैन । साताको अन्त्यमा यात्रा हुने योग छ । जीवनसाथी र प्रेमीसंगको सम्बन्ध खासै राम्रो नहुने देखिन्छ । विद्यार्थीहरूको लागि समय अनुकूल छ । अपमान वा विकृतिको अवस्था विरुद्ध आज तपाईले मनस्थिति राम्रो बनाउनु पर्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) : साथीभाइको सहयोग प्राप्त हुनेछ । अधुरा काम बन्नेछन् । पढाइमा ध्यान जानेछ । प्रेम प्रस्ताव आउन सक्छ । भौतिक ऊर्जा र मानसिक आनन्द कायम हुन सक्ला । तर आज तपाईले खान–पानमा ध्यान दिनु होला । घरभित्रका सदस्यहरूसँग घोर छलफल वा बहस हुँदा दिमागमा उदासी छाउन सक्ला । साताभरि लेनदेनको कुरामा भने सजक रहनुहोला ।

सिंह (मा, मि, मू, मे, मो, टा, टि, टू, टे) : विद्यार्थीका लागि यो साता उत्तम मानिन्छ । सफलता हात लाग्न सक्छ । व्यापार व्यवसायमा भने खासै उन्नति हुने देखिँदैन । साताको उत्तराद्र्धमा घरायसी मामलाले सताउला । खर्च बढ्ने योग परेको छ । स्वास्थ्य पनि तपाईंको लागि राम्रो हुनेछ । मानसिक रूपमा पनि दिन राम्रो देखिन्छ । भाग्य वृद्धिको योग देखिन्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) ः साता सुखद रहनेछ । प्राविधिक तथा व्यावहारिक ज्ञान सिक्ने अवसर मिल्नेछ । नयाँ ठाउँको भ्रमण गरिएला । अधुरा काम बन्नेछन् । बोलीको प्रभाव पर्नेछ । साताको मध्यतिर शुभ संकेतहरू देखा पर्नेछन् । पारिवारिक वातावरण पनि राम्रो हुनेछ । तर आज तपाईको बोलिको कारण बहसको सम्भावना बढाउन सक्ला । नकारात्मक विचारहरू त्याग्नुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ः निर्णय लिनुअघि सोच–विचार गर्नुहोला । घरायसी समस्याले सताउनेछ । आर्थिक मामलामा फस्नाले राजनीतिमा असर पुग्नेछ । शारीरिक र मानसिक रूपले, खुशी अनुभव गर्नु हुनेछ । विचारधारामा आज तपाईको समानता नहुन सक्ला । रचनात्मक प्रवृत्तहरूमा प्रगति हुन सक्ला । मनोरन्जनमा खर्च हुन सक्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) : स्वास्थ्य बिग्रन सक्छ, खानपिनमा सजग रहनुहोला । लामो समयदेखि प्रेम सम्बन्धमा देखिएको समस्या समाधान हुनेछ । आफन्तको सहयोगमा प्रशस्त आम्दानी होला । परिवारका सदस्यहरू र नातेदारहरूसंग संघर्ष हुनेछ । अदालत सम्बन्धी गतिविधिहरूको हेरविचार गर्नुहोस् । प्रत्येक विषयमा प्रतिबन्धित व्यवहारलाई निषेद गर्नु पर्ला ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : पठनपाठनमा उत्साहजनक प्रगति होला । साताको सुरुमा लेनदेनको कारोबार गर्दा सावधानी अपनाउनुहोला । नयाँ प्रेमी बन्ने योग छ । सुखद क्षण मनपर्ने पात्रको साथ हुनेछ । आज पत्नी र छोराबाट लाभ मिल्न सक्ला । आज दिन सम्पूर्ण क्षेत्रमा लाभ मिल्न सक्ला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी) : आनन्द र सन्तुष्टि अनुभव गर्नुहुनेछ । पारिवारिक सुख प्राप्त होला । आफन्तको सहयोगमा नयाँ काम सुरु गरिएला । पठनपाठनमा खासै ध्यान जाँदैन । बोलीको प्रभाव पर्नेछ । आज तपाईलाई उच्च अधिकारीहरूको साथ मिल्न सक्ला । अचानक आज तपाईको भाग्य बदलिन सक्ला । व्यवसाय र जागिर स्थलम तपाईको वातावरण धेरै राम्रो हुने दिन परेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा): पक्षपातपूर्ण व्यवहारले घरायसी कलह उत्पन्न होला । व्यापार–व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यमा गडबडी हुनेछ, खानपिनमा सजगता अपनाउनुपर्ला । छोराछोरीबारे चिन्तित रहनु पर्ने समय आउन सक्ला । तर आज तपाईलाई विदेशबाट भने शुभ समाचार मिल्न सक्ला ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : अधुरा काम बन्नेछन् । पढाइमा खासै ध्यान जाँदैन । आर्थिक कारोबार गर्दा सजगता अपनाउनुहोला । नयाँ मित्र बन्ने योग छ । सामाजिक कार्यमा लाग्नाले सबैबाट प्रशंसा कमाइएला । स्वास्थ्यको बारेमा सावधान रहनु होला । रोगहरूको उपचार पछि पैसा खर्च हुने सम्भावना छ । आज तपाईको परिवार साथै समाजमा नकारात्मकता बढ्ने देखिन्छ । तर आज धार्मिक कार्यदेखि भने मनमा केहि राहत मिल्न सक्ला ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार ०२:११