आज अभिनेता जीवन लुइँटेलको जन्मदिन

काठमाडौं – आज चर्चित अभिनेता जीवन लुइँटेलको जन्मदिन परेको छ । उनी आज आफ्नो ३८औं जन्मदिन मनाउदैछन् ।

चलचित्र ‘नाई नभन्नु ल’ बाट नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएका उनी धेरै दर्शकले मनपराउने अभिनेतामा पर्छन् ।

चलचित्र ‘तिर्खा’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका लुइँटेल पछिल्लो समय भने चलचित्रमा देखिएका छैनन् ।

उनी चलचित्रमा रमाउँदा रमाउँदै चलचित्र क्षेत्रबाट विस्तारै हराउँदै गएका छन् । हाल अमेरिकामा जिन्दगी चलाइरहेका उनी अब चलचित्रको पुरानै स्थानमा आउने सम्भावना निकै कम छ ।

उनले हालसम्म नाइ नभन्नु ल, बिन्दास, स्टुपिड मन, अन्दाज, ऋदम, ठूली, भूलभूलैया, नोटबूक लगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार ०८:३७