डेंगुको लक्षण र बच्ने उपायहरू… ( जानकारीको लागि सेयर गरौ )

काठमाडौं / हिजो आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिरामीहरुको भिड छ । शुक्रराज अस्पतालमा डेंगुका बिरामीको उपचार निःशुल्क हुने घोषणापछि चाप बढेको हो । डेंगुको शंका गर्दै जाँच गर्न आउनेहरुको संख्या बढेपछि अस्पतालमा थप काउन्टर र चिकित्सकहरु थपेर विरामीहरुलाई सेवा दिने काम भइरहेको छ । तर पनि एक जना विरामी ३ घण्टासम्म कुर्नु परेको छ ।

सिन्धुपाल्चोकका रन्जित दंगाल टिभी हेरिरहेका बेला हातमा लामखुट्टेले टोक्यो । पछि रोगका लक्षण डेंगुको देखिएपछि उनी अहिले टेकुस्थित शुक्रराज अस्पतालमा उपचार गराइरहेका छन् । उनको कोठासँगै विरगञ्जका प्रशान्त जैशवाललाई पनि डेंगु पोजिटिभ देखिएपछि उपचार गराइरहेका छन् ।

रन्जित र प्रंशान्त मात्र होइन शुक्रराज अस्पतालमा डेंगुको उपचार गराउनहरुको भिड छ । अहिले शुक्रराज अस्पतालमा उपचारमा संलग्न चिकित्सकलाई चिया खाजा खान पनि फुर्सद छैन । चिकित्सकहर विरामी जाँच्नमै व्यस्त हुन्छन् । हामी शुक्रराज अस्पतालका प्रवक्ता एवं प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोला समक्ष पुग्दा उनी निकै व्यस्त थिए कि फोनबाटै पनि डेंगुको लक्षण र उपचारका बारेमा बताइरहेका थिए ।

डक्टर बास्तोलाका अनुसार सामान्य ज्वरो आएपनि डेंगु हो कि भनेर उपचार गराउन आउनेहरुका कारण अस्पतालमा भिड भएको बताउछन् । डक्टर बास्तोला डेंगु भनेको भाइरल ज्वरो भएको बताउँछन् ।

डाक्टर बास्तोलाका अनुसार डेंग पोजिटिभ हुने वित्तिकै आत्तिनु पर्दैन । यसको उपचार हुन्छ, तर डेंगु देखिएपछि उपचारमा ढिलाई गर्ने नहुने उनको भनाइ छ । यो रोगको मुख्य लक्षण उच्च ज्वरो आउनु, ज्वरो पाँचदेखि सात दिनसम्म रहनु । टाउको असाध्यै दुख्नु । आँखाको गेडी र पछिल्लो भाग दख्नु, ढाड, जोर्नी र मांसपेशी दुख्नु, शरीरमा बिमिरा देखापर्नु र धेरै ज्वरो आई दुई वा दुईभन्दा बढी लक्षण देखापरेको अवस्थामा डेंगु ज्वरो आएको शंका गर्न सकिने डाक्टर बास्तोला बताउछन् ।

टेकुको शुक्रराज अस्पताल बाहेर राजधानीकै अन्य अस्पतालहरुमा पनि डेंगुका बिरामीहरु उपचार गराइरहेका छन् । हामीले डेंगु कसरी सर्छ ? यसलाई निर्मूल पार्न के गर्नुपर्छ ? भनेर त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक त्रिवी प्राकृतिक विज्ञान संग्रालयका किटविज्ञ डाक्टर इसान गौतमलाई सम्पर्क ग¥यौं । आफ्ना विद्यार्थीहरुलाई लागि चक्रपथका विभिन्न स्थानमा यही विषयमा अध्यापन गराइरहेका डाक्टर गौतमले हामीलाई पनि सुकेधार नजिक टायर जम्मा भएको स्थानमा लगे । उनले यसरी सबै भन्दा बढी त टायरहरु राखेको स्थान खतरनाक भएको बताए ।

टायर भित्र जमेका पानीमा लामखुट्टेले अण्डा पार्छ र पछि त्यो लार्भा हुदै बाहिर निस्कन्छ । टायर भित्र मात्र होइन घर वरपर जमेको पानीमा पनि लामखुट्टले अण्डा पार्ने गर्दछ । डाक्टर गौतमका अनुसार डेंगु रोकथाम गर्न नागरिक स्तरमा जनचेतना जगाई सरसफाईको महाअभियाननै सुरु गरिनुपर्छ ।

नागरिक स्तरबाट हुनुपर्ने कामका साथै सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । धरानमा डेंगुको महामारी फैलिदा सरकारले तदारुकता देखाएको देखिदैन् । स्वास्थ्य शिविरहर सञ्चाल गरिनु पर्दथ्यो गरिएन् । जनचेतना फैलाउन समेत सकेन । कतिसम्म भने डेंगु नियन्त्रणका लागि स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीचनै समन्वयको खाँचो देखियो । सरकारले समयमा जनचेतना फैलाउन नसकेपछि डेंगुका विषयमा सर्वसाधारणमा अफवाह फैलिरहेको छ ।

Loading...
प्रकाशित मिति २४ भाद्र २०७६, मंगलवार १६:२६