प्रहरी हिरासतमा विप्लवका छोरा प्रकाश चन्द

चितवन | चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरो धमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच झड प भएको छ ।

झडपमा केही विद्यार्थी घा इते भएका छन् । सो क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द सहित १५ जना प क्राउ परेका छन् । सो क्रममा भिडियो खिच्ने दुई जनालाई पनि प्रहरीले प क्राउ गरेको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सोधपुछ कक्षमा राखिएको छ । प्रकाशले चितवन मेडिकल कलेजमा भइरहेको आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्रा उ गरिएको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार ०८:०९