मेलिनाको ‘माया बिरानी’ मा आंचल र नाजिर

गायक महेश काफ्लेले केहि समय अगाडी सार्वजनिक गरेको गीत ‘नाच फिरिरी’ ले ठुलो सफलता हासिल गर्यो। निश्चल बस्नेत र स्वस्तिमा खड्का फिचर्ड गीतमा मेलिना राईले महेशलाई साथ दिएकी थिइन्।

जी टु वानले भिडियो निर्माण गरेको थियो।  यो गीतको सफलता पछी महेशले नया गीत सार्वजनिक गरेका छन्।

आफ्नै शब्द संगीतमा ‘माया बिरानी’ बोलको गीत महेशले सार्वजनिक गरेका हुन्। गीतमा यो पटक पनि मेलिना राईको सुमधुर स्वरको साथ रहेको छ। भिडियो जी टु वानले नै निर्माण गरेको छ।

भिडियोमा नाजिर हुसैन र आंचल शर्माको साथमा महेश स्वयम् फिचर्ड रहेका छन्। राजिव समिरको कोरियोग्राफी रहेको भिडियोलाई हरि हुमागाई र उनको टिमले खिचेको छ। असिम शाहले निर्देशन गरेको भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका छन्।

Loading...
प्रकाशित मिति २५ भाद्र २०७६, बुधबार १८:१२