स्कुलबाट फर्किँदै गरेका दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

रुकुमपश्चिम, २६ भदौ/ मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।

अन्य समाचार

काठमाडौं । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना६ख ८४५६ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको छ ।

पूर्व–पश्मिच राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको बर्दघाट ट्राफिक प्रहरीले जनाएको छ ।

बसमा आगलागी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बसका चालक र सह–चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Loading...
प्रकाशित मिति २६ भाद्र २०७६, बिहीबार ०४:०७