‘रातो टिका निधारामा’को रिमेक भर्सन सार्वजनिक

दशैंको अवसर पारेर असोज १० गते प्रर्दशन गर्न लागेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा प्रेसमिट गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा नायिका साम्राज्ञी राज्यक्ष्मी शाह र नव नायक अकिंत शर्माले नृत्य प्रस्तुत गरेका छन् ।

‘अलारे’ फिल्ममा समावेशी ‘रातो टिका निधारमा’ गीतलाई रिमेक गर्दै यस फिल्ममा राखिएको छ । यो फिल्मको नाम पनि यसै गीतबाट सापटी लिएर राखिएको हो । पहिलाको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो भने यसको रिमेकमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । शहदेव ढुंगानाको शब्द रहेको गीतमा शम्भुजीत बास्कोटाको संगीत रहेको छ ।

अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । फिल्ममा साम्राज्ञी र अकिंतसँगै बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

दशैंको अवसर पारेर असोज १० गते प्रर्दशन गर्न लागेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा प्रेसमिट गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा नायिका साम्राज्ञी राज्यक्ष्मी शाह र नव नायक अकिंत शर्माले नृत्य प्रस्तुत गरेका छन् । गीत हेर्नुस् :

‘अलारे’ फिल्ममा समावेशी ‘रातो टिका निधारमा’ गीतलाई रिमेक गर्दै यस फिल्ममा राखिएको छ । यो फिल्मको नाम पनि यसै गीतबाट सापटी लिएर राखिएको हो । पहिलाको गीतमा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो भने यसको रिमेकमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । शहदेव ढुंगानाको शब्द रहेको गीतमा शम्भुजीत बास्कोटाको संगीत रहेको छ

अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । फिल्ममा साम्राज्ञी र अकिंतसँगै बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

Loading...
प्रकाशित मिति २७ भाद्र २०७६, शुक्रबार १२:२५