आर्यन र साम्राज्ञीको ‘कायरा’ युट्युबमा सार्वजनिक

काठमाडौं, २८ भदौ /  अभिनेता आर्यन सिग्देल र पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘कायरा’ युट्युबमा सार्वजनिक गरिएको छ ।

लक्ष्मण रिजालले निर्देशन गरेको चलचित्र कयरालाई शुक्रबार युट्युबमा सार्वजनक गरिएको हो । गतवर्षको साउनमा प्रदर्शनमा आएको चलचित्रले हलमा औषत ब्यापार गरेको थियो ।

चलचित्रमा आर्यन र साम्राज्ञीका साथमा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

पूरा चलचित्र हेर्नुहोस्-

Loading...
प्रकाशित मिति २८ भाद्र २०७६, शनिबार ०८:३०