आज देशभर मेघगर्जनसहित पानी पर्ने

काठमाडौं / आइतबार देशका धेरैजसो स्थानको मौसममा बदली भई देशका केहि स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

आज बिहानै काठमाडौ उपत्यकामा पानी परेको छ । आज देशको पूर्वी तथा मध्य क्षेत्रका केहि स्थानमा मेघगर्जनसहित पानी पर्ने मौसमबिद्ले जनाएका छन् ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका धेरैजसो स्थानमा मौसम बदली भइरहेको छ ।

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भई पूर्वी तथा मध्य भूभागका स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति २९ भाद्र २०७६, आईतवार ०२:५९