आँचल शर्माको लभ लेटर सार्वजनिक

काठमाडौं २३ असार / समिर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सन्तोष सुनारको शब्द तथा संगीतमा ‘लभ लेटर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतलाई ऋकेश गुरुङले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मञ्जिल बस्नेत फिचर्ड छन् ।

भिडियोमा हेेेर्नुस् आँचल शर्माको लभ लेटर

राजिव समरको कोरियोग्राफी रहेको गीतको भिडियोलाई राम कुमार केसीले छायाङ्कन गरेका हुन् । टेकेन्द्र शाहले निर्देशन गरेका गीतको यस भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार १०:३२