रियल जोडी निखिल र संचिता फेरी एकसाथ एउटै फिल्ममा

काठमाडौं २३ असार / एक्सनस्टारका रुपमा चिनिने निखिल उप्रेती नयाँ चलचित्र ‘आयो भैरव’मार्फत दर्शकमाझ आउने भएका छन् ।उनी केही वर्ष चलचित्र क्षेत्रबाट हराएपनि अहिले भने लगातार नयाँ चलचित्रमा काम गरिरहेका छन् ।

उनले यसअघि रुद्र ,पिजडा ब्याक अगेन , भिलेन र लुटेरा लगायतका चलचित्रमा काम गरिसकेका छन् । तर यी चलचित्रले खासै सफलता हात पार्न सकेन् ।त्यसपछि पनि निखिलले निराश नभई नयाँ चलचित्र ‘आयो भैरव’ निमार्ण गर्ने घोषणा गरेका छन् । चलचित्रको घोषणा गरेसँगै नायिका को बन्ने भनेर दर्शकहरुलाई कौतुहलता भइरहेको छ ।

यसअघि भैरवमा उनले नायिका अनु शाहसँग जोडी बाधेका थिए । अहिले भने उनले आफ्नै श्रीमती संचिता लुइटेललाई खेलाउने खबर बाहिर आएको छ । तर निखिलले यो विषयमा केही बोलेका छैनन् ।

हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस चलचित्रको निर्देशन पनि निखिल स्वयमले नै गर्ने छन् ।

हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस फिल्ममा निखिल प्रहरी कै भुमिकामा रहने र चलचित्रलाई पनि आफैले निर्देशन गदैछन् ।

Loading...
प्रकाशित मिति २३ असार २०७६, सोमबार ११:३२